एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडको पुस २५ गतेदेखि माघ १७ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माघ १७ गते ऋणपत्र बाँडफाँट गरेको हो । 

बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रति ऋणपत्र रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिएको हो । 

सर्वसाधारणका लागि विक्री गरिएको ऋणपत्रमध्ये प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।