बाह्य मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित आर्मेनियाका नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित आर्मेनियाका नागरिक ४० वर्षीय उषाकोभ एन्ड्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरिएकाे हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।