वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं –  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पर्नेमा बाराका विष्णुराज उप्रेती र पाँचथरका कुमार चेम्जोङ रहेका छन् । उप्रेतीले युएइ पटाइदिन्छु भन्दै पाँच लाख त्रिहत्तर हजार रुपैयाँ र चेम्जोङले लाटभिया पटाइदिन्छु भन्दै बाह्र लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।