काठमाडौं – हनि ट्याप गरी काठमाडौंमा घर तथा ४ आना जग्गा माग्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ममता तामाङ र आँचल चौगुठी रहेका छन् । उनीहरकाे साथबाट विभिन्न कम्पनीको मोबाइल २ थान, प्राइम कमर्सियल बैंकको आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक १ थान बरामद गरिएको छ ।
आपराधिक लाभ लिने उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान तथा सम्बन्ध बढाई ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराई अचेत अवस्थामा पीडितको अश्लील फोटो तथा भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाई दिन्छु लगायत विभिन्न किसिमका डर, धाक धम्कीहरू दिई पीडितसँग रकम मागेका थिए ।
उनीहरूले उक्त व्यक्तिसँग पाँच लाखको चेक काट्न बाध्य पारी लिएको भन्ने सूचना प्राप्त भए पश्चात् उक्त कार्यमा संलग्नहरुलाई हनुमानस्थानबाट पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया