बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआइसी एसिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआइसी एसिया बैंकले अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा ५ जना, अन्नपुर्ण पोष्टमा २ जना, नयाँ पत्रिकामा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना र नागरिक दैनिकमा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नागरिक दैनिकमा ३ जना, कान्तिपुर दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
यस्तै, प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
सिटीजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटीजन्स बैंकले नागरिक दैनिकामा २ जना, अभियान दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
यस्तै, सनराइज बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले अन्नपुर्ण पोष्टमा १ ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।
एनएमबि बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबि बैंकले अभियान दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अभियान दैनिकमा १३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने प्रभाव दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ पत्रिकामा १६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया