प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ११ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।