काठमाडौं – नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यो दुई दिनमा सुनको मूल्य तोलामा ६ हजार सात सय रूपैयाँ बढेको हो। आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी २ हजार २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया