अर्विट इनर्जीले आईपीओको लागि धितोपत्र बोर्डबाट माग्यो अनुमति


काठमाडौं – अर्विट इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा अनुमति माग गरेको छ । कम्पनीले बोर्डसँग ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति माग गरेको हो ।

बोर्डले अनुमति दिएमा कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।