काठमाडौं – नेपाल राष्ट्र बैंकले केही वित्तीय संस्थाहरूले सञ्चालकहरूलाई ऋण सुविधा प्रदान गर्दा केन्द्रीय बैंकको एकीकृत निर्देशिकामा उल्लेखित नियामकीय सीमाहरूको उल्लंघन गर्ने गरेको पाइएको बताएको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले २०२३/२४ को वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदनले वित्तीय संस्थाको अध्ययनका शिलशिलामा कर्जा लागानी गर्दा राष्ट्र बैंकको निर्देशिका पालना नगरेको पाइएको उल्लेख गरेको हो ।
त्यस्तै, राष्ट्र बैंककाअनुसार केही सञ्चालकहरू बैठकमा अनुपस्थित भएर पनि भत्ता लिने गरेको र औपचारिक निमन्त्रणबिना विदेश भ्रमणमा जाने जस्ता अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । राष्ट्र बैंकको रिपोर्टमा एक संस्थाको सञ्चालक समितिले कार्यकाल बाँकी रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राजीनामा दिएपछि थप लाभ प्रदान गर्ने गरेको पनि पाइएको उल्लेख छ ।
त्यस्तै, राष्ट्र बैंकले वित्तीय संस्थाहरुको अवलोकनका क्रममा केही संस्थाहरूमा सञ्चालक समितिले आफैले अघिल्लो पटक गरेका निर्णयहरूको कार्यान्वयन प्रगति नियमित रूपमा ट्र्याक गर्ने संयन्त्र नभएको बताएको छ । त्यस्तै, केही संस्थाहरूले भने कम्पनी ऐन अनुसार महिला सञ्चालक नियुक्त पनि गर्न सकेका छैनन् ।






About Us
प्रतिक्रिया