ओम मेगाश्रीले बोलायो ९ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले शेयरधनीहरुलाई ९ औं वार्षिक सनधारण सभामा बोलाएको छ । कम्पनीको उक्त सभा असार ६ गते भरतपुर महानगरपालिका वडा न. २९ जुगेडी, चितवनमा बिहान ११ बजे हुने भएको हो ।

साथै, उक्त सभा प्रयोजनका लागि जेठ २० गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द बुक क्लोज हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सो मितिभन्दा अघिल्लो दिन जेठ १९ गते सम्म कारोबार भई यस कम्पनीको शेयर रजिष्टर्ड प्रभु क्यापिटल लिमिटेड, कमलादी,काठमाडौँमा शेयर नामसारी भएका शेयरधनीहरूले मात्र यस साधारण सभामा सहभागी हुन सक्नेछन् ।