विराटनगरको बजेट खर्च एक अर्ब बढी, ४२ करोड २० लाख आम्दानी



काठमाडौं – विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ ।

१० महिनाको अवधिमा पोशाकमा ४१ लाख ९० हजार र कर्मचारी बैठक भत्तामा ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ ।
तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।

पदाधिकारीको सुविधाका लागि एक करोड ५३ लाख १८ हजार र पदाधिकारीको बैठक भत्तामा लागि ६ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । अन्य भत्ताको शीर्षकमा दुई करोड ११ लाख ५८ हजार १३४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले करार सेवा शुल्क शीर्षकमा ४ करोड ३९ लाख ५४ हजार १४५ रुपैयाँ खर्च गरेको छ ।