काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ५ हजारले बढेको छ । आज सुन १ लाख ८९ हजार ८ सय रुपैयाँ भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी ५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया