काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख पाण्डेलाई सोधे स्पष्टीकरण


काठमाडौं – महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोधेका हुन्।

स्पष्टीकरण पत्रमा गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा रोक्ने काम गरेको विषय उल्लेख गरिएको छ।

स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध गरेको आरोप लगाइएको छ।