देउवासँगको भेटपछि ओलीले बोलाए मन्त्रीपरिषद् बैठक, सिफारिस समितिको बैठक बस्दै


काठमाडौं – दुई सत्ताधारी राजनीतिक दलका प्रमुखहरुको भेटपछि गभर्नर नियुक्ती प्रक्रिया अघि बढेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भेटपछि आजै गभर्नर नियुक्ती गर्ने गरी प्रक्रिया अघि बढेको हो ।

प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा देउवा र ओलीबीच भेट भएलगत्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको नेतृत्वमा रहेको सिफारिस समितिको बैठक बोलाइएको छ । आज दिउँसो ४ बजे आसपास बस्नेगरी सफारिस समितिको बैठक बोलाइएको हो । गत वर्ष २०८१ को फागुन अन्तिमतर्फ गठन गरिएको सिफारिस समितिको बैठक अहिलेसम्म बसेको छैन।

गठन भएको लामो समय भएपनि समितिको बैठक आज पहिलोपटक बस्न लागेको हो । गठनयता दुई पटक समितिको सदस्यहरु फेरिसकेका छन् ।