हिमालयन रिइन्स्योरेन्सद्वारा ४.७४ प्रतिशत लाभांश प्रस्ताव 


काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनीले शेयरधनीहरूलाई चौथो वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको ७२ औं बैठकको निर्णयअनुसार उक्त सभा जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे बस्ने भएको हो ।  

उक्त सभा मार्फत कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको  ४.५०  प्रतिशतले हुन आउने रकम ४६ करोड ८० करोड प्रतिशत बोनस शेयर र ०.२४ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वकृत गर्ने भएको छ ।

 साथै, कम्पनीले उक्त सभा प्रयोजनको लागि जेठ ११ गते शेयरधनी दाखिला खारेज (बुक क्लोज) गर्ने भएको हो ।