सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

तोलामा ६ रुपैयाँले बढ्याे सुन


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ रुपैयाँले बढेको हो ।

यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भइरहेको छ । आइतबार प्रतितोला छापावाल सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ।