काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बिहीबार देखिएको विद्युत् अवरुद्धलाई लिएर कुनै चिन्ता नलिन आग्रह गरेका छन्। शाक्यले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्युत् उत्पादन बढदै गएपनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको भन्दै अन्य कारण नभएको उल्लेख गरेका छन् ।
बिहीबार ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको उनले बताए ।
प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको शाक्यकाे दाबी छ । माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उनले बताए ।



About Us
प्रतिक्रिया