काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो प्रतितोला छापावाल सुन १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया