रिडी पावर कम्पनीले ५०% हकप्रद शेयर निष्कासन गर्ने

रिडी पावर कम्पनीले ५०% हकप्रद शेयर निष्कासन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको २०७९ माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले ४० प्रतिशत बोनस शेयर पछि कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने निर्णय विद्युत नियमन आयोगमा अनुमतिका लागि पेश गरेको छ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपूँजी व्यवस्थापन गर्न रिडी पावर कम्पनीको बोनश शेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशत अर्थात १:०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

 कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्न साधारण सभाबाट पारित गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।