नेप्सेले ३ कम्पनीको शेयर कारोबार गर्यो फुकुवा, भोलीदेखि कारोबार सुचारु हुने

नेप्सेले ३ कम्पनीको शेयर कारोबार गर्यो फुकुवा, भोलीदेखि कारोबार सुचारु हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज तीन कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरेको हो ।

यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांशसम्बन्धी पत्र कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावलीबमोजिम शेयर कारोबार रोक्का गरेको थियो ।

३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टीकरण सोधेकोमा तीनओटै कम्पनीले आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने जनाउँदै स्पष्टीकरण पेश गरेको हुँदा नेप्सेले माघ ३ गतेदेखि शेयर फुकुवा गरिदिएको हो । फुकुवा भएसँगै तीनओटै कम्पनीको शेयर भोली बुधवारबाट कारोबारमा आउनेछ ।