काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झासहित १६ जना र कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
कम्पनीको दूरसञ्चार ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामक्स) को खरिदमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सो बराबरको बिगो कायम गरी आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई हानि नोक्सानी गराउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न रहेका बस्नेत र प्राधिकरणका पूर्व अध्यक्ष झासहित १६ जना माथि सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ।



About Us
प्रतिक्रिया