नेप्सेमा आँधिखोला लघुवित्त र नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेप्सेमा आँधिखोला लघुवित्त र नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ३ गते, मंगलबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत र नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात आँधिखोला लघुवित्तको शेयरमूल्य १ हजार ३६५ रुपैयाँ ७७ पैसा र नेको इन्स्योरेन्सको ७७८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार आँधिखोला लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७७५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो भने नेको इन्स्योरेन्सको ८९५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।