ज्ञानु श्रेष्ठ, काठमाडौं ।
बसपार्क स्थित टिकट काउन्टरको लाइनमा सुरेश र अमृतको भेट भयो । पुसको जाडोमा बिहानै पोखरादेखि घान्द्रुकसम्मको यात्रामा निस्किएका दुईजाना टिकट काट्ने घचाघचमा जुधिरहेका थिए । आफ्नो पालो आएपछि बल्ल–बल्ल निकै मुस्किलले उनीहरुले टिकट काटे । आफ्नो टिकट लिएर बसको सिटमा पुगेका उनीहरु एउटै सिटमा भेट भए । एकैठाउँको यात्रामा निस्किएका दुईजना, एउटै सिटमा पर्दा चिनजान नगर्ने त कुरै भएन । सुरेशले भन्यो, ‘य तिमी र म सँगै परिएछ । तिमी पनि पोखरा हिँडेको ।’ अमृत मुसुक्क हाँस्दै आफ्नो झोला सिटमाथि राख्यो र भन्यो, ‘ अँ म पनि घान्द्रुकसम्म जाने हो ।’
बस हिँड्यो । बिहानको चिसो मौसम, बसको यात्रा अनी उनीहरु आफ्नो चिनजानमै व्यस्त थिए । यतीकैमा दुई घण्टा वितिसकेछ । बस खाजा खान रोकियो । बस रोकिदा करिब ८ बजीसकेको थियो । उनीहरु बिहानैदेखि भोकै थिए । टन्न खाजा खाएपछि उनीहरुले बिल तिर्न काउन्टरमा पुगे । सुरेशले ५ सय नगद नै तिरे । तर अमृतले होटेलको एक स्टाफलाई बोलाएर भन्यो, ‘ब्रोदर क्युआर दिनुस न, मसँग नगद नै छैन म स्कान गरिदिन्छु ।’ त्यहाँ अमृतले वाईफाईको पासवर्ड माग्यो अनी मोवाइल बैंकिङ्ग लग इन गरी क्युआर कोड क्यान गर्यो । अमृतले स्क्यान गर्दा बसका केही यात्रुहरु के गरेको होला भन्दै अचम्ममा परे । सहचालकले यात्रुहरुलाई बसमा चढ्न आग्रह गरेसँगै उनीहरु फेरि बसमा चढे । फेरि अमृत र सुरेशको भलाकुसारी सुरु भयो । अमृतले जिस्क्याउँदै भन्यो, ‘तिमीले त नगद नै तिर्यौ नि ! आजकल तिमीलाई स्क्यान गर्न मिल्छ भन्ने थाहा छैन ।’ सुरेशले आफुलाई क्युआरको बारेमा जानकारी नभएको बतायो ।
अमृतले आफु बैंकर भएको जानकारी गराउँदै सुरेशलाई क्युआरको बारेमा सम्झाउन थाल्यो ।अनी भन्यो ‘साथी क्यूआर कोड एप्लिकेसनमा आइटम पहिचान, ट्रयाकिङ्ग तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ । तिमीले मोवाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्छौँ । त्यती मात्रै नभई गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् । आजकल रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सबै सूचना, जानकारी तथा विभिन्न प्रकारका बिल भुक्तानी सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ । पैसा बोक्नै पर्दैन । बुझ्यौं।’
उनीहरु केही समय कुरा गर्दै थिए । दुबै जना भुसुक्कै निदाए । करिब १ बजे उनीहरु मुग्लिन बजार पुगे । उनीहरुले त्यहीँ खाना खाए । एकैछिनमा फेरि अमृतले आफ्नो मोवाइलमा चार्ज सकिएको कुरा सुरेशलाई सुनायो । उनीहरुको खानाको बिल आयो ७ सय पचास रुपैंया । सुरेशसँग ३५० नगद थियो उसले सजिलै बिल तिर्यो । तर अमृतको ३५० बिल बाँकी रह्यो । अमृतसँग न नगद थियो न त मोवाइल बैंकिङ्ग (स्क्यान) गर्नलाई मोवाइल नै अन थियो । आफ्नो मोवाइलमा चार्ज सकिएपछि सुरेशले अमृतलाई व्यंग्य गर्दै भन्यो, ‘साथि अघि त तिमीले नगद बोक्नै पर्दैन, सबै मोवाइलबाटै हुन्छ भन्थ्यौं । खोइ त ।’ अमृत आपत्तमा पर्यो । उसले सुरेशलाई आफ्नो बिल तिर्न आग्रह गर्दै भन्यो, ‘मेरो बिल तिमी तिरिदेउ न । म तिमीलाई पोखरा पुगेपछि एटीएमबाट झिकेर दिन्छु ।’
सुरेशले बिल भुक्तानी गरिदिएपछि फेरि बसमा चढेर उनीहरु आफ्नो यात्रातिर लागे । ४ घण्टाको लगातार यात्रपछि उनीहरु पोखरा पुगे । पोखरामा अत्यन्तै रमाइलो मौसम र सफा थियो । एउटा होटेलमा खाना खाएपछि रातभर उनीहरु होटलमा बसेर गफ गरे । अमृतले सुरेशलाई इन्टरनेट बैंकिङ्गको बारेमा बतायो । उसले भन्यो, ‘ इन्टरनेट बैंकिङ्ग भनेको इन्टरनेटमार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने ,स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस जस्तै मोबाइलको बिल तिर्ने जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन ।’
भोलिपल्ट सबेरै उनीहरु पैसा निकाल्न एटिएम भएको ठाउँमा गए । त्यसपछि उनीहरु बिहानै फेवा तालमा डुंगा चढेर तालबाराहीमा दर्शन पनि गरे। डेविड्स फल्स र शान्ति स्तूपा पनि घुम्न गए । त्यसपछि उनीहरुले खाना खाए । खाना खाएको ठाउँमा इन्टरनेटको सुविधा थिएन । अमृतले खानाको बिल भुक्तानीका लागि आफ्नो मोवाइलमा डाटा प्याक लियो । इनटरनेट चलेपछि मोवाइल बैंकिङ्गबाट स्क्यान गरी बिल भुक्तानी गर्यो । त्यसपछि उनीहरु बन्जी जम्प गर्न पुगे । त्यहाँ टिकट काट्दा पनि उनीहरुले अनलाईन पेमेन्ट नै गरे । बन्जीपछि अमृतले सुरेशलाई साह्रै मज्जा आएको कुरा सुनायो । सुरेशले पनि आफुलाई बन्जी जम्पिङ्ग गर्दा डर लागेको कुरा सुनायो । साँझ परिसकेको कारण उनीहरु होटेलमा नै फर्के । बिहान होटेलको बिल तिर्न अमृतले आफुसँग क्यास भएको हुनाले ।
क्यसबाटै पैसा दिन्छु भन्यो । तर यसपटक भने होटलको बिल तिर्न सुरेशले आफ्नो एटीएम कार्ड स्वाइप गर्यो । एटीएम स्वाइप गर्न भने सुरेशलाई राम्रोसँग आउँथ्यो । त्यसपछि उनीहरु आफ्नो गन्तव्य स्थानतर्फ प्रस्थान गरे । करिब ३ घण्टाको यात्रापछि उनीहरु घान्द्रुक पुगे । डाँडाको थाप्लोमा झुरुप्प बस्ती, ढुंगा र माटोबाट बनेका घरहरू, टिनले छाइएका रंगीन छाना, पृष्ठभूमिमा झलमल्ल हिमाल, स्वर्गकै एउटा टुक्रामा पुगेजस्तो उनीहरुले महशुस गरे । यतिकैमा सुरेशले अमृतलाई भन्यो, ‘आहा ! कति राम्रो ठाउँ । कति राम्रो हिमाल ।’ उनीहरुले केही समयपछि तातो चियाको आन्नद लिए । चियाको पंैसा उनीहरुले नगद नै तिरे । गाउँको स्वच्छ वातावरणमा उनीहरु रमाइरहेका थिए । तन र मन नै लोभ्याउने हिमश्रृखलाले उनीहरु आन्नद मानिरहेका थिए । यतिकैमा साँझ पर्यो ।
उनीहरु त्यहीँ हामस्टेमै बसे । त्यहाँको लोकल अर्गानिक साग र थकाली खानाको स्वादमा उनीहरु झन रम्न थाले । तर त्यहाँ इन्टरनेटको भने अलिक समस्या थियो । होटलमा खानपिन र बस्नका लागि राम्रो सुविधा थियो । उनीहरुसँग पोखरादेखि ल्याएको नगद पैंसा सकिन लाग्यो । तर त्यो ठाउँमा खासै मोवाइल बैंकिङ्ग, स्क्यानर, एटिएम खासै देखिदैनथ्यो । यतिकैमा अमृतले भने,‘साथि यहाँ त एटिएम नै देखिँदैन त । क्यास नै सकियो अब के गर्ने ?’ उनीहरु अच्चममा परे । स्थानीय तरकारीको स्वाद, खसी झोल, स्थानीय कुखुराको मासु, घरैमा उत्पादित कोदाको परिकारको स्वादले उनीहरु लठ्ठ भए । पाहुनालाई ईश्वर सरह ब्यवहार गर्ने त्यहाँका समुदायको मीठो मुस्कान र आत्मीयताले उनीहरुको मन नै लोभ्यायो । सुरेशले भन्यो,‘साथि मलाई त आनन्द आयो । पैसा कसरी तिर्ने अब ?’ यस्तो कुरा मिलाउन अमृत च्याम्पियन थियो। किनभने उनी बैंकर थिए । उनीहरुले होमस्टेको बिल मागे। बिल आयो । उनीहरुसँग भएको नगद पैंसाले नपुग्ने भयो । अमृतले सोध्यो, ‘सुन्नुस न, यहाँ क्युआर कोड छ होला ?’ होमस्टेका मालिक अक्क न बक्क भए । उनले थाहा कुरा नबुझि छैन भने । फेरि अमृतले होमस्टेका छोरालाई बोलाएर बैंक खाता नम्बर माग्यो र खातामा पैसा ट्रान्सफर गरिदियो । अमृतले जुक्ती लगाएको देखेर सुरेश छक्क पर्यो । त्यसपछि उनीहरु घर फर्किन त्यहाँबाट बाटो तताए ।
प्रतिक्रिया