बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा बिहीवार कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा सम्पन्न भएको हो ।
सभाले ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने र लेखारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।
साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुस २० गते बुकक्लोज गरेको थियो । यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन् ।
प्रतिक्रिया