माया खोला हाईड्रोपावरको आयोजना प्रभावित स्थानीयका लागि निष्काशित शेयरको बाँडफाँट

माया खोला हाईड्रोपावरको आयोजना प्रभावित स्थानीयका लागि निष्काशित शेयरको बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशित शेयरको बाँडफाँट भएकाे छ । २०७९ मंसिर २३ गतेदेखि २०७९ पुस १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको उक्त साधारण शेयर २०७९ पुस २६ गते मंगलबार बाँडफाँट गरिएको हो ।

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रकम बराबरको १ सय रुपैयाँ अंकित दरमा १० लाख कित्ता साधारण शेयर मध्ये संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६ लाख र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता साधारण शेयरहरु बाँडफाँट गरेको हो ।

क्त शेयर बाँडफाँटमा अति प्रभावितमा एक हजार ७७२ जना आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९४० कित्ताको लागि प्राप्त आवेदनमा १० कित्तादेखि एक हजार २०० कित्तासम्म आवेदन दिने आवेदकलाई जम्मा ५ लाख २१ हजार ६२० कित्ता शेयर वितरण गरिएकाे छ ।

जसमध्ये एक हजार २०० कित्ता भन्दा बढी ९ हजार ५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई एक हजार २०० कित्ता शेयर गरी ७८ हजार कित्ता शेयर गर्दा जम्मा ५ लाख ९९ हजार ६२० कित्ता शेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १ हजार ३०० कित्ता देखि ९ हजार ५२० कित्तासम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

साथै प्रभावितमा २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख एक हजार ८०० कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४ लाख कित्ता शेयर बाँडफाँट गरिएको छ ।