सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्नेमा जोड दिइने


काठमाडौ– सरकारले सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिलमा जाेड दिइने बताएकाे छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन्।

उनले १६ औँ योजनाको रणनीति अनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरण रोजगारीमुखी आर्थिक वृद्धि, एवम् संरचनात्मक रूपान्तरण नयाँ आधारको रूपमा कार्यान्वयन गरिने बताए।

उनले वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गरिने समेत जिकिर गरे । सरकारले सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्र रूपमा सहज तुल्याउने रणनीति लागु गरिने लक्ष्य लिएको छ।