बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिका पदाधिकारीले नव नियुक्त अर्थमन्त्रीलाई बुधबार अर्थमन्त्रालयमा भेटेका छन् । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले अर्थ मन्त्रालयमा भेट गरेका हुन् ।
सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।



About Us
प्रतिक्रिया