बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज बिहीबार पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंकले आगमी माघ २९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ्ग प्रणालीमा प्रवाह गर्न लागेको हो ।
बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
यस रिपो आज बिहीबार अपराह्न २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।



About Us
प्रतिक्रिया