वित्तीय तथा बीमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.६५ प्रतिशत योगदान रहने


काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यलयले चालु आर्थिक वर्ष २०८१/८२ मा वित्तीय तथा बीमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.६५ प्रतिशत योगदान रहने बताएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

कार्यलयले बैंकमा जम्मा भएको निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको बताएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको हो। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत कायम भएको छ।