बैंकिङ्ग समाचार, काठमाडौं ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।
कम्पनीले सोमवार नेप्सेमार्फत लाभांश प्रस्ताव सार्वजनिक गरेको हो । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ९० लाख रहेको छ । सोही पूँजीको आधारमा कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरणको तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीले गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सिवाईसी नेपाल लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया