बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सोही निर्णय अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।
कम्पनीले नेप्से मार्फत जारी सुचनामा कुुनै पनि लाभांश वितरण गर्ने निर्णय नगरेको जानकारी दिएको हो । कम्पनीले पछिल्लो पटक आव २०७५/७६ मा ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६०४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो तीन वर्ष कम्पनीले शेयरधनीहरूलाई लाभांश दिएकाे छैन ।



About Us
प्रतिक्रिया