बैंकिङ्ग समाचार, काठमाडौं ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको छ । सिवाईसी नेपाल लघुवित्तसँग गाभिने प्रक्रियामा रहेको आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज पुस ४ गतेको निर्णय अनुसार आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो । अब कम्पनीको शेयर कारोबार भोलि मंगलबारदेखि गर्न सकिने भएको छ ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुरुप फुकुवा भएको हो ।
प्रतिक्रिया