उपदान तथा पेन्सन कोषमा रहेको ५८ करोड बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे ।

केन्द्रीय बैंकले कुल रकममध्ये ४६ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकमा, ८ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी २ करोड ९० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यो मुद्दति निक्षेप २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र केन्द्रीय बै.कले जनाएकाे छ ।