प्रभु बैंकको नाफासँगै बढ्यो खराब कर्जा


काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले नाफा बढाएको छ । प्रभुले चालु आवको ९ महिनामा १ अर्ब ८७ करोड ६० लाख नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिको १ अर्ब ८१ करोड २४ लाख नाफा आर्जन गरेको थियो ।

यस्तै, बैंकले समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । बैंकले यस अवधिमा ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको यस अवधिमा भने बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा बैंकको खराब कर्जा ५.०९ प्रतिशत रहेको छ । गत आवमा भने यस्तो दर ४.८१ प्रतिशत रहेको थियो । बैंकको विरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ ।