लक्ष्मी सनराइज बैंकले सुधार्यो वित्तीय सूचक, सामान्य बढ्यो नाफा (विवरणसहित)


काठमाडौं । लक्ष्मी सनराईज बैंकले चालू वर्षको तेस्रो त्रैमासमा नाफा बढाएको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकले ४ करोडले नाफा बढाएको हो । २०८१ को चैत मसान्तसम्मको अवधिमा बैंकले १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन, गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसआधारमा चालू वर्षमा बैंकको नाफा ४ करोड रुपैयाँ हाराहारीले बढेको हो । यस्तै, तेस्रो त्रैमासमा बैंकले ४९ करोड रुपैयाँ नाफा कमाएको छ । जुन, गत वर्षको तेस्रो त्रैमासमा ५५ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन भएको थियो ।

तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ छ । यस्तै, कर तिर्नुअघिको बैंकको नाफाको हिसाबकिताब २ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकले तेस्रो त्रैमाससम्मको अवधिमा ७४ करोड रुपैयाँ कर तिरेको आज प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको प्रतिशेयर आम्दानी ९.०५ रुपैयाँ छ भने पीई रेसियो २४.०८ छ ।