प्रभु बैंकको साधारणसभा र बुक क्लोजको मिति तय

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले पुस १४ गते एक्काइसौ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते विहान ९ बजे बैंकको केन्द्रिय कार्यालय बबरमहलमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

बैंकले यस अगाडी घोषणा गरेको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा पेश गर्नेछ । प्रस्तुत लाभांश मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । बैंकले साधारणसभा प्रयोजनका लागि पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

सभामा सेञ्चुरी बैंक सँग एक बराबर एकको अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले डिडिए प्रतिवेदन स्वीकृतिका लागि सभामा पेश गर्ने भएको छ । बैंकले मर्जरका लागि सम्पुर्ण प्रकृया पुरा गरिसकेको छ । सभाले अन्तिम स्वीकृति दिए पश्चात बैंक मर्जरमा जानेछ ।