सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश


काभ्रेपलाञ्चोक – सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।