हुण्डी कारोबारमा संलग्न एक महिला पक्राउ


काठमाडौं – काठमाडौंको न्यूराेडबाट एक जना महिला पक्राउ परेकी छिन् । उनलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका– १० घर भएकी करिना देवकोटा रहेकी छिन् । उनको साथबाट प्रहरीले ९ लाख रुपैँया र ६ लाख चेक बरामद गरेको छ ।

घटनासँग सम्बन्धित थप तथ्य सङ्कलनका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।