बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको भन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षमा कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको यस लघुवित्तले गत आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया