फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो कुल २० लाभांश प्रस्ताव

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो कुल २० लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस र नगद गरी कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँ बराबरको बोनस र १ प्रतिशतका दरले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँ बराबरको कर सहितको नगद लाभांंश दिने घोषणा गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।