काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम निर्माणमा सुझाव दिन अर्थमन्त्रालयले आह्वान गरेको छ । बजेट तथा कार्यक्रम निर्माणप्रक्रिया सुरु भएको सन्दर्भमा अर्थ मन्त्रालयले आम नागरिक, सरोकारवाला निकाय, विज्ञ तथा संस्थाहरूबाट सुझाव संकलन गर्न आह्वान गरेको हाे ।
बजेट तथा कार्यक्रममा जनताको आवश्यकता तथा प्राथमिकता समेट्न सुझाव आवश्यक भएको भन्दै मन्त्रालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम, बजेट निर्माणमा योगदान पुर्याउने गरी विषयमा सुझाव पठाउन अनुरोध गरेको छ ।
इच्छुक व्यक्तिहरूले www.mof.gov.np मा रहेको ‘बजेट सुझाव‘ फारम भरी सुझाव पठाउन सक्नेछन्। यस्तै, [email protected] इमेल ठेगानामा पनि सुझाव पठाउन सकिनेछ । सुझाव २०८२ वैशाख मसान्तभित्र मन्त्रालयमा पठाइसक्नुपर्नेछ ।



About Us
प्रतिक्रिया