बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र चितवन मिडटाउन रिसोर्टबिच मिति २०७९/०८/०८ मा ब्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ ।
यस सम्झौता पश्चात नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (Privilege Card) होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता सम्पन्न भएको हो ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उक्त छुट सुबिधाको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषाधिकार कार्ड (Privilege Card) होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
बैंकले बिभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगायत अन्य सरोकारवालाहरुलाई बिभिन्न मापदण्डको आधारमा बिशेषधिकार कार्ड (Privilege Card) उपलब्ध गराएको र बैंकको बिशेषधिकार (Privilege Card) कार्डको आधारमा चितवन मिडटाउन रिसोर्टवाट लिने सेवामा छुट लिन सक्ने छन् ।
यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक बिकास एवम् विस्तारमा सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ ।



About Us
प्रतिक्रिया