काठमाडौं – ग्लोबल आईएमई बैंकले २ वटा सवारी साधन लिलामी बिक्रीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको मारुती ओम्नी भ्यान र टाटा सुमो गरी दुई सवारी साधन लिलामी बिक्रीमा राखेको हो।
बैंकले जहाँ जुन अवस्थामा छ सोही अवस्थामा सिलबन्दी मार्फत लिलाम बिक्री गरिने बैंकले जनाएकाे छ। उक्त सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, संस्था फार्म, कम्पनी जो कोहीले चैत १८ गते देखि २०८२ वैशाख १ गतेसम्म सिलबन्दी बोलपत्रमा पेस गर्न सकिने बैंकले जानकारी दिएको छ।
साथै, साधन खरिद गर्नको लागि सिलबन्दी बोलपत्र फारम सामान्य सेवा विभाग, कमलादी, कोशी प्रादेशिक कार्यालय विराटनगर र धनगढी मेनरोड शाखा कार्यालयबाट गर्ने सकिने समेत जानकारी दिएको छ।



About Us
प्रतिक्रिया