काठमाडौं – बैंकिङ्ग ट्रेनिङ सेन्टरसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थामा कार्यरत चितवनका बैंकरहरुलाई तनाव व्यवस्थापन तालिम सम्पन्न गर्यो । सो तालिम विभिन्न बैक तथा वित्तीय संस्थामा आवद्ध चितवनका बैंकरहरुलाई तनाव व्यवस्थापन गर्ने उद्देश्यले गत शुक्रबार चितवनको लायन्स चोकमा रहेको सिराइचुली होटलमा सम्पन्न भएको हो ।
सो तालिममा सहभागी भएकी सिटिजन बैंकमा कार्यरत भवानी तिमल्सिना व्यक्तित्व विकासमा तालिमले सहयोग पुर्याउने बताउँछिन् । तिमल्सिनाले बैंकरहरुको लागि दैनिक जीवनमा यो तालिम उपयोगी हुने समेत बताइन् । त्यस्तै, सोही तालिममा सहभागी भएका अर्का मञ्जुश्री फाइनान्स संस्थामा कार्यरत किरण सापकोटाले अहिले समय परिवेश अनुसारको विषयलाई समावेश गरेको हुँदा कार्यक्रम उपयोगी भएको बताए ।
‘एउटा विषयमा चाहिँ रिकभरीलाई मात्रै राखिएको भए बैंकिङ्ग क्षेत्रको लागि अझ राम्रो हुने थियो’ उनले प्रतिक्रिया दिँदै भने । अहिलेको समयमा बैंकिङ्ग क्षेत्रमा निकै तनाव रहेकाले यस्ता तालिमले केही सहज महसुस गर्न सहयोग पुर्याउने उनी बताउँछन्। ‘आफूले आफ्नो काम कसरी गर्ने र कामलाई कसरी तनावमुक्त तरिकाले सम्पन्न गर्ने भन्ने विषयवस्तु समेटिएको हुँदा तालिम निकै राम्रो लाग्यो’ उनले भने ।

त्यसैगरी, सो कार्यक्रममा सहभागी भएका नबिल बैंकमा कार्यरत विकास प्रसाद लामिछाने तालिम उपयोगी र सन्तुष्टिजनक भएको बताउँछन् । बैंक जस्तो मानसिक तनाव बढी हुने क्षेत्रको लागी तनाव व्यवस्थापन गर्नको लागि यस्ता तालिम उपयोगी हुने उनले बताएका हुन् ।
यही क्षेत्रमा आबद्ध अन्य साथीहरूलाई सो तालिममा सहभागी हुन सिफारिस गर्ने बताए । उनले बैंकमा कार्यरत कर्मचारीका लागि दैनिक जीवनमा पनि यो तालिम उपयोगी हुने बताए । ‘यस्ता खालका तालिमहरू केही महिनाको अन्तरालमा ल्याउन सके हामी जस्तो पेसामा कार्यरत कर्मचारीहरूको लागी अझ राम्रो हुने थियो’ लामिछानेले भने ।



About Us
प्रतिक्रिया