काठमाडौं – गरिमा विकास बैंकले विभिन्न शाखाहरुका लागि कमर्चारी माग गरेको छ । बैंकले वालिङ, बेनी, कोहलपुर र नारायणगढ क्षेत्रमा रहेका शाखाहरूका लागि केही पदमा कर्मचारी माग गरेको हो।
बैंकले प्रशिक्षार्थी सहायकदेखि लिएर सहायक तहका विभिन्न पदका लागि आवेदन खुला गरेको छ । प्रशिक्षार्थी सहायक पदका लागि न्यूनतम १०ं२ पास (दोस्रो श्रेणी) गरेको हुनुपर्नेछ।
त्यस्तै, सहायक तह (जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर) का लागि कम्तीमा १०ं२ पास (दोस्रो श्रेणी) गरेको र कम्तीमा दुई वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरेको हुनुपर्नेछ । योग्य तथा इच्छुक उम्मेदवारले चैत ३१ गतेभित्र आवेदन दिनु पर्नेछ।
प्रतिक्रिया