राष्ट्रिय वाणिज्य बैंकले पायो २५ लाखको ऋणपत्र निष्कासन अनुमति, कति पाइन्छ ब्याज ?

राष्ट्रिय वाणिज्य बैंकले पायो २५ लाखको ऋणपत्र निष्कासन अनुमति, कति पाइन्छ ब्याज ?


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ऋणपत्र जारी गर्ने अनुमति पाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको हो । राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल डिबेन्चर’ नाम ऋणपत्र ल्याउने भएको हो । बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरले २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ र १० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। जसबाट लगानी गर्नेहरुले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।