बैंकिङ्ग समचार, काठमाडौं ।
मेडिकल व्यवसायी तथा एमाले केन्द्रिय सदस्य दुर्गा प्रसाईलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै उजुरी परेको छ । प्रविन बरालले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा उजुरी दिदै प्रसाईलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका हुन् ।
मेडिकल व्यवसायी प्रसाईले झापामा रहेको उनको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपुर्जा बनाएको आरोप लागेको छ । सोही नक्कली धनीपुर्जाको आधारमा प्रसाईले ग्लोबल आइएमई बैंक, एनसिसि बैंक र प्रभु बैकबाट ५ अर्ब रुपैंया भन्दा बढी ऋण लिएको बताइएको छ । व्यवसायी दुर्गा प्रसाईको ग्लोबल आईएमई, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकमा ५ अर्ब भन्दा बढि कर्जा छ ।
व्यवसायी दुर्गा प्रसाईको ग्लोबल आईएमई, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकमा ५ अर्ब भन्दा बढि कर्जा छ ।
किर्ते धनीपुर्जाको आधारमा धेरै रकम दिइएको तथ्य खुलेपछि नेपालको बैंकिङ्ग क्षेत्रमा समेत खैलाबैला मच्चिएको छ भने, नेपाल राष्ट्र बैंकले पनि यस विषयलाई गम्भियताको साथ लिएको बताइएको छ । तर राष्ट्र बैंकका दोस्रो तहका कर्मचारीले भने प्रसाईलाई जोगाउन खोजेको बुझिएको छ ।
प्रसाईले मेडिकल कलेज खोल्न मापदण्ड अनुसारको जग्गा पुर्याउन नसकेपछि झापाको थाईजन स्थित कित्ता नम्बर ७०६ को जग्गाको किर्ते धनी पुर्जा बनाएर वास्तविक जग्गाभन्दा धेरै क्षत्रफल देखाएका थिए ।
५ विघा ८ कठ्ठा १३ धुर जग्गा रहेकोमा प्रसाईले १० विघा १२ कठ्ठा १३ धुर बनाएको र सोही जग्गा विभिन्न बैंकहरुमा राखि ५ अर्ब भन्दा धेरै ऋण लिएको बताईएको छ ।
बैंकको ५ अर्ब भन्दा धेरै ऋण जोखिममा परेपछि राष्ट्र बैंकको उच्च अधिकारीले निरन्तर छलफल गरिरहेको बुझिएको छ । यति ठुलो रकम ऋण जोखिममा पर्दा त्यसको असर सम्पूर्ण बैंकिङ्ग प्रणालीमै देखिएपछि राष्ट्र बैंक गम्भिर बनेको हो ।



About Us
प्रतिक्रिया