बर्दियाको नमस्ते सहकारीका अध्यक्ष र प्रवन्धक करोडौं रकम लिएर फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बर्दिया जिल्लाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक बचतकर्ताको करोडौं रुपैयाँ ठगेर फरार भएका छन् ।

सोमबारदेखि सहकारीका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक सञ्जिवकुमार महतो सदस्यको करोडौं रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको बताइएको छ । रिजाल र महतो सोमबारदेखि सम्पर्कविहीन भएको र संस्था पनि बन्द भएको भन्दै केही पीडितहरुले जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी दिएका छन् ।

कार्यालयमा उजुरी परेपछि अनुसन्धान गर्दा सहकारीका अध्यक्ष तथा प्रबन्धक सम्पर्कमा नरहेको पाइएको प्रहरीले जनाएको छ । सहकारी पीडितले जिल्ला प्रशासनमा सहकारीविरुद्ध निवेदन दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता हिक्मत बोहोराले जानकारी दिए ।  पीडितले प्रशासनमा निवेदन दर्ता गरेपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका प्रतिनिधि र जिल्लास्थित सहकारी विभागका अधिकारीले स्थलगत अनुसन्धान गरिरहेका छन् ।

हाल सहकारीको पुँजी २६ करोड, ऋण लगानी २२ करोड रहेको र बीचको ग्याप तीन करोड रुपैयाँको रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २०६५ सालमा दर्ता भएको संस्थाको जगेडा कोषमा ५२ लाख रुपैयाँ रहेको पाइएको छ ।

सहकारीले अघिल्लो वर्षसम्म लगातार साधारणसभा गरेको भए पनि यो वर्ष साधारणसभा गरेको छैन । 

\"\"