महालक्ष्मी विकास बैंकको घर र व्यवसायिक कर्जा योजनाः बिना झनझट कर्जा स्वीकृत 

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

यतीबेला बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको अभाव देखिएको छ । लगानीयोग्य पुँजीको अभाव हुँदा बैंक तथा वित्तिय संस्थाहरुले माग अनुरुपको कर्जा प्रवाह गर्न सकिरहेका छैनन । बैंकहरुको यस्तो अफ्ठयारो अवस्थामा पनि महालक्ष्मी विकास बैंकले भने विभिन्न कर्जाहरुको अफरहरु ल्याइरहेको छ । 

महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी घर कर्जा र उद्यम गर्न चाहानेहरुका लागि सरल र सुलभ व्यवसायिक कर्जा बजारमा ल्याएको छ । बैंकले उक्त दुवै कर्जा सवल र सस्तो ब्याजदरमा उपलब्ध गराउने जानकारी गराएको छ । त्यस्तै कर्जा शुल्कमा पनि विशेष छुट प्रदान गर्ने बैंकका निक्षेप तथा कर्पोरेट संचार प्रमुख बसन्त बक्सीले जानकारी दिए । उनले भने, ‘हामीले घर बनाउने इच्छा राख्नुभएका ग्राहकहरुलाई ‘सपनाको सानो घर, प्यारो घर अब पुरा हुनेछ सबैको रहर’ भन्ने नारा पनि प्रस्तुत गरेका छौँ ।’ 

\"\"

उनका अनुसार बैंकले उद्यमी गर्न चाहनेहरुका लागि पनि व्यवसायिक कर्जा ल्याएको छ । यसमा धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । त्यस्तै कर्जा शुल्कमा पनि विशेष छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार व्यवसायिक कर्जा अन्तर्गतका ऋणिका लागि बिना झनझट कर्जा स्वीकृत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । साथै यस कर्जाको अवधि अधिकतम १५ वर्षसम्म रहने बैंकले जनाएको छ ।  

उक्त कर्जाहरु बैंकका सम्पुर्ण शाखाहरुबाट लिन सकिने बैंकले जानकारी दिएको छ ।

\"\"