कुमारी बैंकको २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको २० हजार ३६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे हाे ।

हाललाई यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । इच्छुक खरिदकर्ताले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।